मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्व

मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको हो ।

मौवाखोलामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्व
काठमाडौं । पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । मंगलबार रातिदेखिको वर्षासँगै चितवनको इच्छाकामना गाउँपालिका-३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो गएको ठाउँमा सडक एकतर्फी बनेको हो । यस्तै इच्छाकामना गाउँपालिका-३ कै चुम्लिङटारमा ढुङ्गा खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको प्रहरीको भनाइ छ । राजमार्ग खुलाउने प्रयास गरिएको प्रहरीले जनाएको छ ।