काठमाडौं । उच्च अदालत, पाटनले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत, काठमाडौंको आदेश बदर गर्दै धरौटीमा छाड्न आदेश दिएको हो ।
आदेशसँगै लामिछाने आज छुट्ने भएका हुन् । लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार नगद वा बैंक जमानत राख्नुपर्ने भएकाले शुक्रबार मात्र उनी छुट्नेछन् ।
धरौटी जम्मा गराएर जिल्ला अदालत, काठमाडौं हुँदै आदेशसहितको पत्र आएपछि लामिछानेलाई शुक्रबार छाडिने डिल्लीबजार कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले बताए ।
सन्दीप आज जेलबाट छुट्दै
धरौटी जम्मा गराएर जिल्ला अदालत, काठमाडौं हुँदै आदेशसहितको पत्र आएपछि लामिछानेलाई शुक्रबार छाडिने डिल्लीबजार कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटा बताउँछन् ।

