काठमाडौं । निर्वाचन आयोग स्थानीय तहको उपचुनावको तयारीमा जुटेको छ । आयोगको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर चुनावको मितिबारे सुझाव दिएको छ ।
सोमबार प्रधानमन्त्रीलाई भेटेको आयोगले मंगलबार मतदाता नामावली अद्यावधिकको काम अगाडि बढाएको छ । आयोगले चुनाव हुने स्थानीय तहमा मतदाता नामावली संकलनका लागि सूचना सार्वजनिक गरेको छ ।
आयोगको सूचनामा भनिएको छ, ‘नेपाल सरकारले उपनिर्वाचनको मिति घोषणा गर्नु पूर्व नै योग्यता पुगेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गरी मतदाधिकार सुनिश्चित गर्न तथा यस कार्यमा आवश्यक सहयोगका लागि आयोग सबैमा आग्रह गर्दछ।’
आयोगका अनुसार दुई गाउँपालिका अध्यक्षको पद रिक्त छ । दैलेखको महाबु गाउँपालिका र मोरङको गाउँपालिका अध्यक्षको पद रिक्त छ । यस्तै काठमाडौंको कीर्तिपुर नगरपालिकामा मेयरको पद रिक्त छ भने दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष र जाजरकोटको नलगाग नगरपालिकामा उपमेयरको पद रिक्त छ ।
यस्तै करिब दुई दर्जन वडाअध्यक्षको पद रिक्त छ । यी पदहरूका लागि उपचुनाव हुने भएको हो । आयोगले आगामी मंसिरमा उपचुनाव गर्ने तयारी गरिरहेको छ । प्रधानमन्त्री ओलीलाई आयोगले मंसिरमा चुनाव गर्नु उपयुक्त हुने सुझाव पेस गरेको थियो । अब चुनावको मिति सरकारले तोक्नेछ ।
यी स्थानीय तहमा उपचुनाव गर्दै निर्वाचन आयोग
सोमबार प्रधानमन्त्रीलाई भेटेको आयोगले मंगलबार मतदाता नामावली अद्यावधिकको काम अगाडि बढाएको छ । आयोगले चुनाव हुने स्थानीय तहमा मतदाता नामावली संकलनका लागि सूचना सार्वजनिक गरेको छ ।

