माछासँग भात खाएका तीन बालबालिकाको मृत्यु

उनका अनुसार घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरू शनिबार राति सिकिस्त बिरामी परेका थिए । सिकिस्त बिरामी परेपछि अस्पताल लगिएको थियो । उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो ।

माछासँग भात खाएका तीन बालबालिकाको मृत्यु
काठमाडौं । बाराको सिम्रौनगढमा विषाक्त खानाका कारण एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएको छ । सिम्रौनगढ नगरपालिका( ७ झवानी टोल निवासी नरेश रामका तीनजना छोराछोरीको विषाक्त खाना (फूड प्वाइजन)को कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ९ वर्षीया लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय कृष्णनन्दन राम छन् । उनीहरू एकै घरका हुन् । उनका अनुसार घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका उनीहरू शनिबार राति सिकिस्त बिरामी परेका थिए । सिकिस्त बिरामी परेपछि अस्पताल लगिएको थियो । उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो । उनीहरूको मृत्यु फुड प्वाइजनबाट भएको चिकित्सकहरूले बताएका छन् । खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पुर्‍याएका थिए । परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अरु भने बिरामी नपरेको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।