बागलुङ-बिहुँ सडक नबाउने ठेकेदारसँग मध्यपहाडीले साेध्याे स्पष्टीकरण, तीन दिनभित्र पेश नगरे ठेक्का तोडिने

कार्यालयले बिहीबार एक सूचना निकालेर सम्झौता अनुसार काम नगरेको भन्दै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। ३ दिनभित्र कम्पनीको आधिकारिक प्रतिनिधि उपस्थित भइ स्पष्टीकरण पेस नगरे सार्वजनिक खरिद नियमावली अनुसार ठेक्का तोडिने चेतावनी दिएको छ।

बागलुङ-बिहुँ सडक नबाउने ठेकेदारसँग मध्यपहाडीले साेध्याे स्पष्टीकरण, तीन दिनभित्र पेश नगरे ठेक्का तोडिने
काठमाडौं । पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, पर्वतले एमपी एससिएफ इसीसी जेभीसँग स्पष्टीकरण सोधेको छ। कार्यालयले बिहीबार एक सूचना निकालेर सम्झौता अनुसार काम नगरेको भन्दै ३ दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो। ३ दिनभित्र कम्पनीको आधिकारिक प्रतिनिधि उपस्थित भइ स्पष्टीकरण पेस नगरे सार्वजनिक खरिद नियमावली अनुसार ठेक्का तोडिने चेतावनी दिएको छ। यो कम्पनीले बागलुङ देखि बुर्तीबाङ सडक निर्माणको जिम्मा पाएको थियो। कार्यालय र निर्माण कम्पनीबीच २०७२ माघ १० गते सम्झौता भएको थियो। अहिले बागलुङ देखि बिहुँको सडक खण्डको २५ किलोमिटर सडक अल्पत्र छ । समयमा नसकिएपछि २०८० असार ५ गतेसम्म समय थपिएको छ। थपिएको समयमा पनि काम हुन नसकेपछि सरोकारवाला निकायहरुको बैठक बसेको थियो। उक्त बैठकमा निर्माण कम्पनीले काम गर्ने प्रतिबद्धता जनाएको सूचनामा उल्लेख छ। बैठकमा भएको माइन्युट अनुसारको काम नगरेको, पत्राचारको जवाफ नदिएको र निरीक्षणका क्रममा साइटमा गतिविधि नदेखिएको योजना कार्यालयले जनाएको छ। सूचना अनुसार लामो समयसम्म निर्माण कम्पनीका प्रतिनिधीहरु सम्पर्कविहीन थिए। काम हुने विश्वास नभएपछि कार्यालयले मंसिर २७ गते ‘ठेक्का किन नतोड्नेरु’ सम्बन्धी सूचना प्रकाशन गरेको थियो। सूचना प्रकाशन गरेको केही दिनपछि निर्माण कम्पनीका प्रतिनिधि आएर काम गर्ने प्रतिबद्धता जनाएका थिए। जिल्ला प्रशासन कार्यालय, बाग्लुङमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक बसेको थियो। तर कार्यालय प्रमुखले साइट निरीक्षण गर्दा साइटमा कुनै गतिविधि नपाइएको सूचनामा उल्लेख छ।