मोहन वैद्य नेतृत्वको पार्टी फेरि फुट्यो

उनीहरूले आफूहरूसँग ७५ प्रतिशत नेता रहेको दाबी गरेका छन् । यसअघि धमेन्द्र बास्तोलालगायत नेताहरूले पार्टीबाट विद्रोह गरेका थिए ।

मोहन वैद्य नेतृत्वको पार्टी फेरि फुट्यो
काठमाडौं । मोहन वैद्य किरण नेतृत्वको पार्टी फेरि फुटेको छ । वैद्यबाट समाजवादी क्रान्ति सम्भव नरहेको भन्दै हरिकृष्ण गजुरेललगायत युवा नेताहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट विद्रोह गरेका हुन् । १२ वर्षसम्म साथ दिँदासमेत वैद्यको सोचमा परिवर्तन नभएको भन्दै गजुरेलसहित नेताहरूले विद्रोह गरेका हुन् । उनीहरूले आफूहरूसँग ७५ प्रतिशत नेता रहेको दाबी गरेका छन् । यसअघि धमेन्द्र बास्तोलालगायत नेताहरूले पार्टीबाट विद्रोह गरेका थिए ।