काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बढेसँगै आइतबार हालसम्मकै उच्च मूल्यको सेयर कारोबार भएको छ । यस दिन २५ अर्ब ७७ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।
गएको साताको मंगलबार २३ अर्ब ७१ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको थियो । उक्त दिनसम्म त्यो नयाँ रेकर्ड थियो ।
आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा बन्द भएको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ । १५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।
नौ कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।
सेयरमा नयाँ रेकर्ड : एकैदिन २५ अर्ब ७७ करोडको कारोबार
आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा बन्द भएको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ । १५ कम्पनीको सेयर मूल्य घटेको छ । दुई कम्पनीको सेयर मूल्य स्थिर छ ।