माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै

बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ ।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटीको बैठक बस्दै छ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । बैठकमा पछिल्ला राजनीतिक, समसामयिक घटनाक्रम, पार्टीको भूमिका, प्रतिपक्षको भूमिका, जनदबाबका कार्यक्रम, जनसंगठन विस्तार एवं सुदृढीकरण र जनतामा जाने विशेष कार्यक्रमहरूका बारेमा छलफल हुनेछ । बैठकमा नेताहरूले आफ्नो धारणा राख्ने क्रम जारी रहने पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।