मनमोहन अस्पतालको छतबाट हाम फालेका युवकको मृत्यु

अस्पतालको छैटौँ तलास्थित एस क्याफेको स्थानबाट हाम फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

मनमोहन अस्पतालको छतबाट हाम फालेका युवकको मृत्यु
काठमाडौं । काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको छतबाट हाम फालेका एक युवकको शनिबार मृत्यु भएको छ । अस्पतालको छैटौँ तलास्थित एस क्याफेको स्थानबाट हाम फालेका गोकर्णेश्वर नगरपालिका–४ का २१ वर्षीय स्वरुपराज आचार्यको मृत्यु भएको प्रहरी वृत्त महाराजगन्जले जनाएको छ । महाराजगन्जका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले उनी क्याफेमा कफी पिएर बसेका र केही बेरमा हाम फालेका पाइएको जानकारी दिए । उनी त्यहाँ बेलाबेलामा कफी पिउन आउने गरेका पनि बताइएको छ । घटना दिउँसो ३ः०० बजेतिर भएको थियो । घटनामा उनी गम्भीर घाइते भएका थिए । सोही अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् । उनी अस्पतालमा बिरामी वा बिरामीका आफन्त समेत नभएको पाइएको छ ।