काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद बैठकबाट गत मंगलबार विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको तयारीमा लागेका छन् । सो बारेमा सत्ता साझेदार दलहरुसँगको छलफलमा तिव्रता दिएका छन् । सो विषयमा आन्तरिक छलफल गर्न आज बिहीबार पनि सत्ता साझेदार दलको बैठक बस्दैछ ।
बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउने सहमति भएको थियो । ओली निवास बालकोटमा भएको भेटवार्तामा दुई नेताबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको थियो । आजको सत्ता साझेदार दलबीचको बैठकले मन्त्रिपरिषद विस्तारमा सहमति गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले बिहीबार सत्ता साझेदार दलको बैठक बस्ने जानकारी दिए । प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिने तयारी गरेको र सहमतिका लागि सत्ता साझेदार दलबीच छलफल चाहेको उनको सचिवालयले जनाएको छ । आज बैठकबाट सहमति बनेमा भोलिसम्म मन्त्रिपरिषद विस्तार हुने बताइएको छ ।
प्रधानमन्त्री प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए । अहिले उनीसँग सरकारमा ८ सदस्यीय मन्त्रिपरिषद रहेको छ ।
मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्ता साझेदार दलहरुको बैठक बोलाइयो
प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषदलाई तत्काल पूर्णता दिने तयारी गरेको र सहमतिका लागि सत्ता साझेदार दलबीच छलफल चाहेको उनको सचिवालयले जनाएको छ । आज बैठकबाट सहमति बनेमा भोलिसम्म मन्त्रिपरिषद विस्तार हुने बताइएको छ ।

