कर्णालीमा आज सार्वजनिक बिदा

‘साउन २५ गते शुक्रवार नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी)को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कर्णालीमा आज सार्वजनिक बिदा
काठमाडौं । कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा छ । नागपञ्चमीका अवसरमा प्रदेश सकरारले आज सार्वजनिक बिदा दिएको हो । ​ ‘साउन २५ गते शुक्रवार नागपञ्चमी (श्रावण शुक्ल पञ्चमी)को अवसरमा कर्णाली प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक संघ संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको छ,’ मन्त्रालयले बिहीवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ ।