काठमाडौं । नुवाकोटमा बुधबार दिउँसो हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार क्याप्टेनसहित पाँच जनाकै मृत्यु भएको छ । नुवाकोटमा प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले दुर्घटनास्थलबाट चार पुरुष र एक महिलाको शव संकलन गरिसकेको जानकारी दिए ।
मृतक चार जना चिनियाँ नागरिक हुन् । उक्त हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार काठमाडौंबाट रसुवाको स्याँफ्रुबेँसीका लागि १ बजेर १४ मिनेटमा हेलिकोप्टर उडेको थियो ।
को–को थिए सवार ?
अरुण मल्ल: क्याप्टेन
जुदाड टाङ (पुरुष)
जी लि (पुरुष)
यियाद वु (महिला)
जेमिङ सी (पुरुष)
हेलिकोप्टर दुर्घटना : मृत्यु भएका पाँच जनाकै परिचय खुल्यो
मृतक चार जना चिनियाँ नागरिक हुन् । उक्त हेलिकोप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

