आरुपाटा पहिरोमा बेपत्ता मध्ये एक जनाको शव फेला

यस्तै, पहिरोमा परी गम्भीर घाइते भएका १९ वर्षिय रिमा पुन, ३१ वर्षिय सिता थापा र ४६ वर्षिय संगीता बुढालाई हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पतालमा लगिएको छ ।

आरुपाटा पहिरोमा बेपत्ता मध्ये एक जनाको शव फेला
बागलुङ । बडिगाड गाउँपालिका-१० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाकाे शव फेला परेकाे छ । पहिरोमा बेपत्ता ३ वर्षिय आरुष थापाको शव फेला परेकाे हाे । बेपत्ता ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र ११ वर्षका सुमन थापाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिए । यस्तै, पहिरोमा परी गम्भीर घाइते भएका १९ वर्षिय रिमा पुन, ३१ वर्षिय सिता थापा र ४६ वर्षिय संगीता बुढालाई हेलिकाेप्टरमार्फत उद्धार गरिएको छ । उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पतालमा लगिएको छ । स्थानीय जोगबहादुर बुढाको घर मंगलबार बिहान पहिरोले पुरिँदा ६ जनाको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । प्रतिकूल मौसमका कारण घाइतेलाई स्वास्थ्य संस्था पु¥याउन सकिएको थिएन । अन्य घाइतेलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइएको छ ।