काठमाडौं । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले चार एआईजीको सरुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । जसअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा दीपक थापालाई ल्याइएको छ ।
यस्तै उपत्यका प्रहरी कार्यालयमा किरण बज्राचार्य, प्रदेश समन्वय विभागमा श्यामलाल ज्ञवाली र कार्य विभागमा रामदत्त जोशीलाई सरुवा गरिएको हो ।
यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए । यसैगरी बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् । जोशी भने हालै एआईजीमा बढुवा भएका हुन् ।
चार जना एआईजीको सरुवा, को-कहाँ ?
यसअघि ज्ञवाली सीआईबी प्रमुख थिए भने थापा उपत्यका प्रहरी कार्यालयमा थिए । यसैगरी बज्राचार्य प्रहरी प्रधान कार्यालयमा थिइन् । जोशी भने हालै एआईजीमा बढुवा भएका हुन् ।