काठमाडाैं । काभा वुमन्स नेसन्स लिगमा नेपाल फाइनल प्रवेश गरेको छ । मंगलबार इरानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार भएको दोस्रो सेमिफाइनलमा इरानलाई २५–२१ , २८–२६ र २५–२० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। दोस्रो सेटमा नेपाल २१–२४ ले पछि परेको नेपालले रोमाञ्चक जित निकालेको हो।
पहिलो सेटमा सहज जित निकालेको नेपालका लागि दोस्रो सेट भने केही प्रतिस्पर्धात्मक बन्यो। योसँगै नेपालले इरानसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ। नेपाल लिग चरणमा इरानसँग ३–२ को सेटमा पराजित भएको थियो।
नेपालले अब उपाधिका लागि साविक विजेता भारतसँग खेल्नेछ।
भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो।
इरानले अब तेस्रो स्थानका लागि बुधबार श्रीलंकासँग खेल्नेछ।
इरानविरुद्ध नेपालको शान्दार जित, भाेलि फाइनल भारतसँग खेल्ने
भारतले आजै भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएको हो। भारतले श्रीलंकालाई २५–१५, २५–१६ र २५–२३ को जित निकाले हो।