काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका १० मा पहिरोमा परेर घाइते भएकाहरुको उद्दारका लागि काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर त्यस तर्फ गएको छ ।
सोमबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोको कारण घाइते भएकाहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।
'बागलुङमा पहिरोमा परी ठूलो मानवीय क्षति भएको छ,' उनले भने, 'घाइतेहरुको शिघ्र उपचारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाइएको छ ।'
पहिरोमा परी बडिगाड १० स्थित आरुपाटा निवासी जोगलाल बुढाको घर र गोठ पुरिँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । पहिरोमा परी चार जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा बडिगाड १० निवासी सात वर्षीया मालती बुढा, सात वर्षीय मधु बुढा, सन्जु बिकको छ महिनाकी छोरी, १२ वर्षका मनोज बुढा, १२ वर्षका अमन बुढा र ५९ वर्षका मैतीदेवि बिक रहेका छन् ।
पहिरोमा परी वर्ष ४६ का संगिता बुढा, वर्ष ५९ का सुमित्रा बिक, वर्ष ३२ का सिता थापा र वर्ष ४२ का मंगलसिंह बुढा गम्भिर घाइते छन् ।
बडिगाड पहिरो अपडेट : घाइतेहरूलाई ल्याउन काठमाडौंबाट उड्यो सेनाको हेलिकोप्टर
सोमबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोको कारण घाइते भएकाहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ पठाइएको बागलुङ क्षेत्र नम्बर २ का सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।