सुदूरपश्चिम प्रदेशको सभामुखमा कांग्रेसका रावलको उम्मेदवारी

काङ्ग्रेसका तर्फबाट ज्येष्ठ सदस्य मानबहादुर रावलले बुधबार दिउँसो मनोनयन दर्ता गरेका हुन्। उनको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन्।

सुदूरपश्चिम प्रदेशको सभामुखमा कांग्रेसका रावलको उम्मेदवारी
धनगढी । सुदूरपश्चिम प्रदेशको सभामुख पदमा नेपाली काङ्ग्रेसले मनोनयन दर्ता गरेको छ। काङ्ग्रेसका तर्फबाट ज्येष्ठ सदस्य मानबहादुर रावलले बुधबार दिउँसो मनोनयन दर्ता गरेका हुन्। उनको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन्। सुदूरपश्चिमपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली काङ्ग्रेसका सुदूरपश्चिममा १९ जना प्रदेशसभा सदस्य छन्। सभामुखमा मनोनयन दर्ता गराएका मानबहादुर रावल अछामबाट निर्वाचित भएका हुन्।