बडिगाडमा पहिरो अपडेट : थप तीन जनाको मृत्यु

सोमबार साँझदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा परी तीन जनाको शव फेला परेको बडिगाड गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष विरेन्द्र बुढाले जानकारी दिए

बडिगाडमा पहिरो अपडेट : थप तीन जनाको मृत्यु
बागलुङको बडिगाड गाउँपालिका वडा नम्बर १० आरुपाटामा पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएकाे छ ।  सोमबार साँझदेखि परेको अविरल वर्षापछि गएको पहिरोमा परी तीन जनाको मृत्यु भएकाे बडिगाड गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष विरेन्द्र बुढाले जानकारी दिए । 'बडिगाड गाउँपालिका-१०  आरुपाटामा तीन घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएकाे छ,' उनले भने, '२ जनाको सकुशल उद्दार गरेका छौं अन्यको खोजी कार्य जारी छ ।' उनका अनुसार थप केही व्यक्ति वेपत्ता छन् । आज बिहान बडिगाड गाउँपालिका–९ नयाँबस्ती बलघासमा पहिरोले पुर्दा १५ वर्षीय विधान परियारको मृत्यु भएको थियो ।