बागमती नदीको जलसतहले सतर्कता पार गर्यो

काठमाडौं उपत्यकामा वागमती नदीको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार बिहान गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा वाग्मती नदी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

बागमती नदीको जलसतहले सतर्कता पार गर्यो
काठमाडौं । काठमाडौं उपत्यकामा वागमती नदीको जलसतह सतर्कता तह पार भएको छ । मंगलबार बिहान गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा वाग्मती नदी सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । नदीमा पानीको बहाव बढ्दो क्रममा छ । आज बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ । “साउन २२, बिहान १०ः४५ । काठमाडौं उपत्यकास्थित वाग्मती नदीको गौरीघाट, खोकना र मनोहरा जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको, पानी सडक किनार र बस्तीसम्म आउन सक्ने भएकाले नदीको तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनुहुनेहरूले बेलुका ५ बजेसम्म उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।