को-को छन् नेकपा माओवादीबाट मन्त्री बन्ने सूचीमा ?

शर्मा देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनको कार्यकाल विवादित बनेको थियो । वर्षमानले भने गृहमा दाबी गरेका थिए । तर गृह माओवादीको भागमा नपरेपछि उनी सरकारमा सहभागी हुने सम्भावना न्यून रहेको उनी निकट एक नेताले बताए ।

को-को छन् नेकपा माओवादीबाट मन्त्री बन्ने सूचीमा ?
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी थालिएको छ । तयारीसँगै नेकपा माओवादी केन्द्रबाट कुन नेतालाई मन्त्री बनाउने भन्ने विषयमा चर्चा हुन थालेको छ । एक नेताका अनुसार माओवादीले बढीमा पाँच मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालयको टुङ्गो भने लागेको छैन । यसपटक जनार्दन शर्मा र वर्षमान पुन सरकारमा जाने सम्भावना न्यून रहेको रहेको छ । शर्मा देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री थिए । उनको कार्यकाल विवादित बनेको थियो । वर्षमानले भने गृहमा दाबी गरेका थिए । तर गृह माओवादीको भागमा नपरेपछि उनी सरकारमा सहभागी हुने सम्भावना न्यून रहेको उनी निकट एक नेताले बताए । तर माओवादीबाट शक्ति बस्नेत, रेखा शर्मा, अमनलाल मोदी, महेन्द्रराय यादव , माधव सापकोटा, हितबहादुर तामाङ र सुदन किराती मन्त्री बन्ने सम्भावना छ । प्रचण्ड निकट एक नेताका अनुसार माओवादीले परराष्ट्र मन्त्रालयमा दाबी गरेको छ । परराष्ट्र मन्त्रालयमा माओवादीका शक्ति बस्नेतको दाबी रहेको बताइएको छ । बस्नेत, यादव, तामाङ र रेखा शर्मा यसअघि पनि मन्त्री भइसकेका अनुहार हुन् । प्रचण्डले आफूनिकट नेताहरुसँग सम्भावित मन्त्रीका बारेमा छलफल जारी राखेको समेत बताइएको छ । यस्तै माओवादीले सूचना तथा सञ्चार मन्त्रालय र ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयमा दाबी गरेको छ ।