सभापति देउवाले तोके ३७ विभागका प्रमुखहरू (सूचीसहित)

कांग्रेसको विधानअनुसार महाधिवेशनको ६ महिनाभित्र ७० वटा विभाग गठन भइसक्नुपर्छ तर, दुई वर्ष बितिसक्दा १७ विभाग मात्रै घोषणा गरिएका छन्। सोमबार थप ३७ विभाग गठन गरिएको हो।

सभापति देउवाले तोके ३७ विभागका प्रमुखहरू (सूचीसहित)
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन्। सोमबार सभापति देउवाले विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरू मनोनयन गरे। यसअघि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले तयार पारेको पार्टीका ३७ वटा विभाग गठनको प्रस्ताव सभापति देउवाले रोकेका थिए। कांग्रेसको विधानअनुसार महाधिवेशनको ६ महिनाभित्र ७० वटा विभाग गठन भइसक्नुपर्छ तर, दुई वर्ष बितिसक्दा १७ विभाग मात्रै घोषणा गरिएका छन्। सोमबार थप ३७ विभाग गठन गरिएको हो। कुन विभागको प्रमुख को ? राज्य प्रशासन विभाग- गोविन्द भट्टराई स्थानीय तह समन्वय विभाग- मधु आचार्य अभिलेख, अनुगमन तथा मूल्याङ्कन विभाग-मानबहादुर विश्वकर्मा संघीय मामिला समन्वय विभाग-चन्द्रबहादुर केसी संसदीय मामिला विभाग-गोविन्दबहादुर शाह कानून विभाग-मानबहादुर नेपाली विद्यार्थी विभाग-राजीव ढुंगाना पेशागत तथा बुद्धिजीवी विभाग- डा. डिला संग्रौला शिक्षा विभाग-नैनसिंह महर स्वास्थ्य विभाग-डा.चन्द्रमोहन यादव निर्माण व्यवसाय समन्वय विभाग-मदनबहादुर अमात्य सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभाग- शिवप्रसाद हुमागाँइ कृषि तथा किसान विभाग- उमेश श्रेष्ठ खेलकूद विभाग- उमेशजंग रायमाझी प्राकृतिक स्रोत विभाग-तारामान गुरुङ साहित्य, कला तथा संस्कृति विभाग- विद्यादेवी तिमिल्सिना दलित समुदाय समन्वय र सशक्तीकरण विभाग- लक्ष्मी परियार द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप विभाग- कृष्णकिशोर घिमिरे मुस्लिम विभाग-मैकुलाल वाल्मिकी वित्तीय संस्था समन्वय विभाग-कर्णबहादुर बुढा विज्ञान तथा सूचना प्रविधि विभाग- सुशीला मिश्र भट्ट भू।पू। सैनिक विभाग-महेन्द्र कुमारी लिम्बू आर्थिक नीति तथा योजना विभाग- प्रा.डा. गोविन्दराज पोखरेल शुभेच्छुक संस्था समन्वय विभाग-अब्दुल सत्तार श्रमिक तथा ट्रेड युनियन विभाग- हरिशरण नेपाली भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभाग-नृपबहादुर वड मानव अधिकार विभाग-धना खतिवडा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग- कल्याणकुमार गुरुङ ऊर्जा तथा जलस्रोत विभाग- अनिलकुमार रुंगटा बालबालिका तथा किशोर–किशोरी समन्वय विभाग- डा.जीवन राना नागरिक सम्बन्ध तथा समस्या सम्बोधन समन्वय विभाग- लक्ष्मी खतिवडा व्यवसायीक सीप विकास विभाग- गंगालक्ष्मी अवाल विपन्न उत्थान समन्वय विभाग- डा.गोपाल दहित सामाजिक संघ संस्था समन्वय विभाग-अर्जुनप्रसाद जोशी पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभाग- अजयबाबु शिवाकोटी धर्म–संस्कृति समन्वय विभाग- ध्यानगोविन्द रञ्जित पूर्व आप्रवासी समन्वय विभाग- दिनेश कोइराला