काभा महिला भलिबल : इरानद्वारा नेपाल पराजित

पहिलो सेटमा २५–१६ ले पराजित भएको नेपालले दोस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गरेको थियो। दोस्रो सेटमा नेपालले सुरुवातमा नै ७–० को फराकिलो अग्रता बनाएको थियो। दोस्रो सेट नेपालले २५–१६ ले आफ्नो पक्षमा पार्‍यो।

काभा महिला भलिबल : इरानद्वारा नेपाल पराजित
काठमाडौं । घरेलु मैदानमा जारी काभा महिला भलिबल नेसन्स कपमा नेपालले पहिलो हार व्यहोरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारको दोस्रो खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो। पहिलो सेटमा २५–१६ ले पराजित भएको नेपालले दोस्रो सेटमा भने उत्कृष्ट पुनरागमन गरेको थियो। दोस्रो सेटमा नेपालले सुरुवातमा नै ७–० को फराकिलो अग्रता बनाएको थियो। दोस्रो सेट नेपालले २५–१६ ले आफ्नो पक्षमा पार्‍यो। प्रतिस्पर्धात्मक तेस्रो सेटमा नेपालले एक समय ४–० को अग्रता बनाए पनि इरानले ९–८ को अग्रता बनायो। तर नेपालले १०–१० को बराबरी गर्दै खेलमा फर्किने संकेत गरेको थियो। त्यसपछि नेपालले लगातार चार अंक जोड्दै १४–१० को अग्रता बनायो। तर नेपालले लगातार अंक गुमाउन पुग्यो। तेस्रो सेट इरानले २५–२३ आफ्नो पक्षमा पार्‍यो।