यी चार प्रदेशमा भारी वर्षादेखि धेरै भारी वर्षा हुने

यतिबेला (शनिबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। काठमाडौँ उपत्यकाको आकाशमा पनि अहिले बालद लागेको छ।

यी चार प्रदेशमा भारी वर्षादेखि धेरै भारी वर्षा हुने
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला (शनिबार बिहान) देशभरको मौसम आंशिकदेखि साधारणतया बदली छ। काठमाडौँ उपत्यकाको आकाशमा पनि अहिले बालद लागेको छ। कोसी र लुम्बिनी प्रदेशका केही स्थानका साथै बाँकी प्रदेशका पनि थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेस र कर्णाली प्रदेशका थोरै स्थानमा दिउँसो मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा दिउँसो भारी वर्षाको पनि सम्भावना छ। कोसी प्रदेशका एकदुई स्थानमा आज दिउँसो धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी, बागमती, गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।