काठमाडौं । निष्क्रिय रहेका नेता मणि थापा नेकपा (एमाले)को जिम्मेवारीबाट हटाइएका छन् । एमालेले उनलाई स्थायी कमिटीबाट हटाएको हो । बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको रिक्त पद पूर्ति पनि गरेको छ । बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर एमाले फर्किएका मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाएको छ ।
त्यस्तै, लीलानाथ श्रेष्ठ स्थायी कमिटी सदस्य मनोनीत भएका छन् । हिजोको बैठकले स्थायी कमिटी सदस्य गुरु बराललाई पार्टीको उपाध्यक्ष मनोनीत गर्यो । उनी बढुवा भएपछि पद रिक्त भयो । रिक्त पदमा दुई नेता स्थायी कमिटीमा बढुवा भए ।
“पद रिक्त भएपछि हिजो दुई नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीति गरेको हो,” प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।
नेकपा विभाजन भएपछि माओवादीमा नफर्किएका थापा पार्टीमा केही समययता निष्क्रिय थिए । १४ महिनाअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारीबाट दिएको थियो । त्यतिबेला उनी बिदामा थिए ।
आफ्नो कामका कारण विदामा बसेको प्रतिक्रिया दिएका थिए । अहिले भने उनलाई एमालेले बिदा गरेको हो ।
एमाले स्थायी कमिटी सदस्य मणि थापाको जिम्मेवारी खोसियो
नेकपा विभाजन भएपछि माओवादीमा नफर्किएका थापा पार्टीमा केही समययता निष्क्रिय थिए । १४ महिनाअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारीबाट दिएको थियो । त्यतिबेला उनी बिदामा थिए ।

