एमालेले बोलायो सचिवालय बैठक

सोही निर्णयअनुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले बोलायो सचिवालय बैठक
काठमाडाैं । सत्तारुढ नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा नेताहरूको कार्यविभाजनबारे निर्णय हुने सम्भावना छ । गत २६ असारमा बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । यस्तै, आजको बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ ।