निर्माण व्यवसायीलाई बैंकको ऋण तिर्न थप ५ महिनाको अवधि

राष्ट्र बैंकको परिपत्र अनुसार यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याजरशुल्करहर्जानारब्याजको ब्याज लिन पाइने छैन । यो व्यवस्था अनुसार बैंकहरूको आम्दानी बढ्ने छैन । तर राष्ट्र बैंकले बैंकहरूको पक्षमा पनि घुमाउरो पाराले व्यवस्था गरेको छ ।

निर्माण व्यवसायीलाई बैंकको ऋण तिर्न थप ५ महिनाको अवधि
काठमाडौं । नेपाल राष्ट्र बैैंकले निर्माण व्यवसायीलाई बैंकको सावाँ ब्याज तिर्न मंसिर महिनासम्मका लागि सहुलियत दिएको छ । केन्द्री बैंकले मौद्रिक नीतिको घोषण कार्यान्वयन गर्न परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाले परिस्थितिवश समस्यामा परेका निर्माण व्यवसायसँग सम्बन्धित कर्जाको २०८१ असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने साँवा तथा ब्याज ०८१ मंसिर मसान्तसम्म भुक्तानी गर्ने समयावधि थप गर्नुपर्ने व्यवस्था गरेको हो । राष्ट्र बैंकको परिपत्र अनुसार यस्तो कर्जाको ब्याजलाई पुँजीकरण गर्न नपाइने तथा पेनाल ब्याजरशुल्करहर्जानारब्याजको ब्याज लिन पाइने छैन । यो व्यवस्था अनुसार बैंकहरूको आम्दानी बढ्ने छैन । तर राष्ट्र बैंकले बैंकहरूको पक्षमा पनि घुमाउरो पाराले व्यवस्था गरेको छ । छुट पाउने अवधिभित्र कर्जाको साँवारब्याज भुक्तानी नगरेमा पुर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन यो व्यवस्थाले बाधा पुर्‍याएको मानिने छैन । यो व्यवस्थाअनुसार मंसिरमा कर्जाको सावाँब्याज भुक्तानी नगरे उनीहरूले साउन मंसिर ५ महिनाको पनि हर्जना तिर्नुपर्नेछ ।