काठमाडौं । सरकारले पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ (बुधबार) गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सात दलीय गठबन्धन सरकारमा जानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो।
प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरिसकेको अवस्थामा राप्रपाले न्यूनतम् साझा कार्यक्रम, कम्तीमा तीन मन्त्रालय र पृथ्वी जयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउन नेकपा एमाले र माओवादी केन्द्र तयार हुनुपर्ने अडान राप्रपाले लिएको थियो।
बुधबार सार्वजनिक बिदा
सात दलीय गठबन्धन सरकारमा जानका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक बिदा दिनुपर्ने माग गर्दै आएको थियो।

