१८ देशका लागि राजदूत नियुक्त, कुन देशमा को ?

सोमबार बसेको मन्त्रपरिषद्‍को बैठकले नयाँ राजदूत सिफारिस गरको हो । जसअनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाएको छ । र सबै गरी १८ देशका लागि सरकारले नयाँ राजदूत सिफारिस गरेको छ ।

१८ देशका लागि राजदूत नियुक्त, कुन देशमा को ?
काठमाडौं । सरकारले अघिल्लो सरकारले विभिन्न देशका लागि पठाएका राजदूतहरुलाई फिर्ता बोलाउँदै नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रपरिषद्‍को बैठकले नयाँ राजदूत सिफारिस गरको हो । जसअनुसार चीन, रुस, अष्ट्रेलिया, श्रीलंका र दक्षिण अफ्रिकाका राजदूतलाई फिर्ता बोलाएको छ । र सबै गरी १८ देशका लागि सरकारले नयाँ राजदूत सिफारिस गरेको छ । फिर्ता हुनेमा चीनका लागि माओवादीबाट सिफारिस भएका विष्णुपुकार श्रेष्ठ, रुसका लागि मिलन तुलाधर र अष्ट्रेलियाका लागि राजदूत बनेका कैलाशराज पोखरेल छन् । यस्तै यसअघि श्रीलंकाका लागि राजदूत बनेका बासुदेव मिश्र र दक्षिण अफ्रिकाका लागि राजदूत बनेका दानबहादुर तामाङ पनि फिर्ता हुने भएका छन् । तर भारतमा शंकर शर्मालाई नै निरन्तरता दिइएको छ । अमेरिकामा पनि पूर्वमुख्यसचिव लोकर्शन रेग्मी हुनेछन् । भारतमा– शंकर शर्मा अमेरिकामा– लोकदर्शन रेग्मी चीनमा– डा। कृष्णप्रसाद ओली बेलायतमा– चन्द्रप्रसाद घिमिरे जर्मनीमा– शैल रुपाखेती साउदी अरबमा– नरेशविक्रम ढकाल इजरायलमा– धनप्रसाद पण्डित दक्षिण अफ्रिकामा– कपिलमान श्रेष्ठ दक्षिण कोरियामा– शिवमाया तुम्बाहाङ्फे पोर्चुगलमा– प्रकाशमणि पौडेल अस्ट्रेलियामा– कान्ता रिजाल स्पेनमा- सनिल नेपाल श्रीलंकामा- रामकृष्ण भट्टराई मलेसियामा – नेत्रप्रसाद तिमिल्सिना पाकिस्तानमा– रिता धिताल