आज पनि माओवादी पदाधिकारी बैठक: के-के भयो छलफल ?

चार दिनदेखि जारी बैठकमा उठेका विषयमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । गजुरेलका अनुसार अहिले नेतृत्व परिवर्तनको विषयमा कुरा नउठे पनि वैचारिक र संगठनात्मक नेतृत्व अलग अलग नेताले गरेर जाने कि भन्नेमा बहस सुरू भएको छ ।

आज पनि माओवादी पदाधिकारी बैठक: के-के भयो छलफल ?
काठमाडौं । सरकार छोडेपछि बसेको नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा अधिकांश सदस्यहरूले जनतासँग जान पाएको अवसरलाई सदुपयोग गर्नुपर्ने सुझाव दिएका छन् । केही दिनदेखि जारी बैठकमा २१ जना सदस्यले बोल्ने क्रममा सत्ताबाट प्रतिपक्षमा पुगेको अवसरलाई सदुपयोग गर्नुपर्ने मत आएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । ‘सरकार छोड्ने विषय नेगेटिभ भए पनि यसले पार्टी निर्माणको अभियानमा जुट्न पोजेटिभ अवसर दिएको छ भन्ने कोणबाट पनि छलफल भयो । यस्तो परिस्थितिलाई राम्रोसँग सदुपयोग गरेर माओवादीको रिभाइभ गर्नुपर्छ भन्ने मत छ,’ गजुरेलले भने, ‘पार्टी निर्माणको लागि पाएको अवसरलाई सदुपयोग गर्न नसके हामी झन् कमजोर हुँदै जान्छौं भन्ने अधिकांश सदस्यको भनाइ छ । अब उठेका प्रश्नको जवाफ अध्यक्षले दिएपछि बैठक सकिन्छ ।’ चार दिनदेखि जारी बैठकमा उठेका विषयमा मंगलबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनेछन् । गजुरेलका अनुसार अहिले नेतृत्व परिवर्तनको विषयमा कुरा नउठे पनि वैचारिक र संगठनात्मक नेतृत्व अलग अलग नेताले गरेर जाने कि भन्नेमा बहस सुरू भएको छ ।​