कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीसहित तीन विनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । आज आयोजित शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीहरुलाई शपथ खुवाएका हुन् ।
विनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान, सीताकुमारी सुन्दास र पञ्चराम गुरुङले शपथ ग्रहण गरेका हुन् । चुमान नेकपा (माओवादी केन्द्र), सुन्दास नेकपा (एमाले) र गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
यसअघि आजै प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्री अधिकारीलाई प्रदेशसभा कूल ६० सदस्यमध्ये सत्ता गठबन्धनका ३२ सहित एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको छ । नवनियुक्त मुख्यमन्त्री गत मङ्सिरमा भएको प्रदेशसभा निर्वाचनमा कास्की–१ (१) बाट निर्वाचित भएका थिए ।
विसं २०७४ मा कास्की–१ बाट निर्वाचित भएर सङ्घीय ससंद्मा प्रतिनिधित्व गर्नुभएका अधिकारी विसं २०७८ वैशाख ३१ मा केपी शर्मा ओली नेतृत्वमा गठित सरकारको गृहमन्त्री बनेका थिए । दोस्रो संविधानसभाको निर्वाचनपछि सुशील कोइराला नेतृत्वको सरकारमा उनी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । कास्कीको लेखनाथमा विसं २०१८ चैत २५ मा जन्किएका अधिकारी विद्यार्थी राजनीति हुँदै सक्रिय राजनीतिमा होमिएका थिए ।
विसं २०४० मा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारीमा पुगेका थिए । राजनीतिक मुद्दामा पटकपटक बन्दी जीवन बताएका अधिकारी एमाले कास्कीको अध्यक्षसमेत बनेका थिए । अधिकारीको संसदीय यात्रा विसं २०५१ देखि सुरु भएको थियो ।
गण्डकी प्रदेश : मुख्यमन्त्री अधिकारीसहित तीन जनाले लिए शपथ ?
विनाविभागीय मन्त्रीका रुपमा प्रदेशसभा सदस्य हरिबहादुर चुमान, सीताकुमारी सुन्दास र पञ्चराम गुरुङले शपथ ग्रहण गरेका हुन् । चुमान नेकपा (माओवादी केन्द्र), सुन्दास नेकपा (एमाले) र गुरुङ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

