ओछ्यानमा सुतिरहेका २० वर्षीय युवकको हत्या, सँगै सुतेका भाइले पत्तै पाएनन्

उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । बिहान ५ बजेतिर परिवारले उनको हत्या भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

ओछ्यानमा सुतिरहेका २० वर्षीय युवकको हत्या, सँगै सुतेका भाइले पत्तै पाएनन्
नवलपरासी । पश्चिम नवलपरासीमा सुतिरहेको अवस्थामा एक युवकको हत्या भएको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ हर्दीनिवासी उमेश बढईको छोरा वर्ष २० का रोशनकुमार भन्ने सूर्यकुमार बढईको हत्या भएको हो । उनलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । बिहान ५ बजेतिर परिवारले उनको हत्या भएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकसँगै एउटै कोठामा सुतेको मृतकका भाइ सन्दीप बढईले समेत घटनाबारे थाहा नपाएको प्रहरीले जनाएको छ । हत्या किन र कसले गरेको नखुलेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी लगिएको छ ।