पोखरामा स्कुल बस दुर्घटना : आमाछोराको मृत्यु, २८ जना घाइते (नामसहित)

यस्तै पोखरा-२१ कै ३ वर्षीया सिमन मगर, ३ वर्षीय न्युजन मगर, ७ वर्षीय रिजन मगर, १३ वर्षका रामकृष्ण नेपाली, २ वर्षका अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीय अस्मित विक, ३० वर्षकी अभिभावक सुमित्रा सुनार, २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले र ११ वर्षीय निश्चल सुनारको पश्चिमाञ्चल स्व

पोखरामा स्कुल बस दुर्घटना : आमाछोराको मृत्यु, २८ जना घाइते (नामसहित)
पोखरा । पोखरा महानगरपालिका २१ छरछरेमा सोमबार स्कुल बस दुर्घटना हुँदा मृत्यु भएकी आरती विकका ६ वर्षिय छोरा प्रिन्स विकको पनि मृत्यु भएको छ । विद्यालयको यूकेजीमा अध्ययनरत प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । विद्यार्थी लिएर फर्कंदै गरेको पोखरा १७ विरौटामा रहेको एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको बस दुर्घटना हुँदा विद्यालयकी कार्यालय सहयोगी समेत ३५ वर्षीया आरती विकको मृत्यु र २९ जना घाइते भएका छन् । बसमा चालक, २८ विद्यार्थी र एक कर्मचारी सवार थिए । रामदीबाट विरौटा फर्कने क्रममा बस घुम्तीबाट झन्डै ५० मिटर तल खसेको थियो । घाइतेमध्ये १४ जनाको गण्डकी मेडिकल कलेज, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए । घाइतेहरूकाे नाम पोखरा-३१ कृस्तीका ९ वर्षीय अनमोल विक, सोही ठाउँका ५ वर्षीय रोशन बराल, पोखरा-२१, रामदीका १४ वर्षीय दिप्सन कार्की, ६ वर्षकी योजना गुरुङ, १३ वर्षकी डिना गुरुङ, १५ वर्षीया प्रकृति कार्की, ६ वर्षीय प्रिन्स राना, ७ वर्षीया चिजा विक, ९ वर्षीय प्रवेश कार्की, १२ वर्षीया विशिका पौडेल, ११ वर्षीय विश्वास पौडेल,  १२ वर्षीया सिम्रन विक र ११ वर्षीय विवश खत्री। उनीहरू गण्डकी मेडिकल कलेजमा उपचाररत छन्। यस्तै पोखरा-२१ कै ३ वर्षीया सिमन मगर, ३ वर्षीय न्युजन मगर, ७ वर्षीय रिजन मगर, १३ वर्षका रामकृष्ण नेपाली, २ वर्षका अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीय अस्मित विक, ३० वर्षकी अभिभावक सुमित्रा सुनार, २ वर्षीय निर्दोष सुनार, ३० वर्षीया शिक्षक सपना आले र ११ वर्षीय निश्चल सुनारको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कास्की प्रहरीका अनुसार पोखरा-१७ विरौटा बस्ने ५५ वर्षीय बस चालक टेकबहादुर भुजेल, पोखरा-२१ बस्ने ८ वर्षीय निशान सुनार र ५ वर्षीय सागर थापाको चाहिँ मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।