यी जिल्लामा भारी वर्षा, चार प्रदेशमा राति ठूलो पानी पर्ने

आज दिउँसो लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति सबै प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी जिल्लामा भारी वर्षा, चार प्रदेशमा राति ठूलो पानी पर्ने
काठमाडौं । भक्तपुर, दोलखा र सिन्धुपाल्चोकमा राति ठूलो पानी परेको छ । भक्तपुरको हनुमन्ते खोला जगाती बाढीमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । हनुमन्ते खोलाको तटीय क्षेत्रमा बिहान ७ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यस्तै, दोलखा र सिन्धुपाल्चोकमा पनि राति मध्यमदेखि भारी वर्षा मापन भएको छ। आज दिउँसो लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति सबै प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ।