धनकुटा । प्रभु बैंकले धनकुटा र तेह्रथुममा नयाँ शाखा स्थापना गरेको छ। धनकुटा नगरपालिका ७ हुलाक टोल चुवाको बोट छेउमा बैंकको ३०९औं र तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित ३०८ औं शाखा स्थापना गरिएको हो।
शाखा आइतबारदेखि सञ्चालनमा आएको बैंकले जनाएको छ। म्याङलुङ शाखा र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र त्यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकको विश्वास रहेको छ ।
प्रभु बैंकको धनकुटा र तेह्रथुममा नयाँ शाखा सञ्चालन
प्रभु बैंकले धनकुटा र तेह्रथुममा नयाँ शाखा स्थापना गरेको छ। धनकुटा नगरपालिका ७ हुलाक टोल चुवाको बोट छेउमा बैंकको ३०९औं र तेह्रथुमको म्याङलुङ नगरपालिकास्थित ३०८ औं शाखा स्थापना गरिएको हो।

