काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरूलाई र्याडिसन होटेल काठमाडौंमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलीप पोखरेल र र्याडिसन होटेल काठमाडौंका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरूले र्याडिसन होटेल काठमाडौंमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् । बैंकका ग्राहकहरूले र्याडिसन होटेल काठमाडौंमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्याडिसन होटेल काठमाडौंले सञ्चालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरूमा उल्लेखित छुट पाउने छन् ।
ग्राहकको सुविधालाई ध्यान दिँदै बैंकले विभिन्न संघसंस्थासँग समन्वय गरी यस्ता किसिमका योजना ल्याइरहेको बैंकले जनाएको छ । ग्लोबल आईएमई बैंक ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
ग्लोबल आईएमई बैंकका कार्डवाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट