काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग विश्वासको मत मागेका छन् । आज देउवा निवासमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवासँग विश्वासको मत मागेका हुन् । जवाफमा देउवाले आफू सकारात्मक भएको र यसबारे पार्टीमा छलफल गर्ने भनेर प्रचण्डलाई भनेका छन्।
कांग्रेस नेताका अनुसार मंगलबार बिहान कांग्रेस पदाधिकारी बैठक र संसदीय दल बैठक बस्ने र त्यहीँ प्रचण्ड सरकारलाई विश्वासको मत दिनेरनदिने निर्णय हुने छ।
मंगलबार प्रतिनिधि सभा सदस्यको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनुअघि प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न गएका हुन्।
प्रधानमन्त्री प्रचण्डले मागे शेरबहादुर देउवासँग विश्वासको मत
कांग्रेस नेताका अनुसार मंगलबार बिहान कांग्रेस पदाधिकारी बैठक र संसदीय दल बैठक बस्ने र त्यहीँ प्रचण्ड सरकारलाई विश्वासको मत दिनेरनदिने निर्णय हुने छ।