त्रिशूलीमा आठ दिन खटिँदा पनि भेटिएनन् बस, फर्कियो भारतीय टोली

घटनाको आठौं दिनमा साउन ५ गते आइपुगेको उच्च प्रविधियुक्त उक्त टोली ८ दिनको कोसिसमा पनि दुवै बस भेट्टाउन नसकेपछि आइतबार निराश हुँदै फर्किएको हो । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को यो टोलीले दुईवटा बससँगै बेपत्ता भएका कोही यात्रुसमेत फेला पार्न सकेन ।

त्रिशूलीमा आठ दिन खटिँदा पनि भेटिएनन् बस, फर्कियो भारतीय टोली
काठमाडौं । गत असार २८ गते भरतपुर महानगरपालिका-२९ सिमलतालबाट पहिरोसँगै खसेका दुईवटा यात्रु बसको खोजीका लागि आएको भारतीय टोली रित्तो हात फर्किएको छ । घटनाको आठौं दिनमा साउन ५ गते आइपुगेको उच्च प्रविधियुक्त उक्त टोली ८ दिनको कोसिसमा पनि दुवै बस भेट्टाउन नसकेपछि आइतबार निराश हुँदै फर्किएको हो । नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)को यो टोलीले दुईवटा बससँगै बेपत्ता भएका कोही यात्रुसमेत फेला पार्न सकेन । दुर्घटनापछि त्रिशूलीमा डुबेका करिब ६५ जना यात्रुमध्ये २४ जनाको शव सिमलतालबाट ४० देखि ६० किलोमिटर दक्षिण नारायणी नदी र गण्डक ब्यारेज तथा बिहारको क्षेत्रमा भेटिएका हुन् । आठ दिन नेपालमा रहेर सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीसँगै दुवै बस खोजीमा जुटेको भारतीय टोलीले त्रिशूलीको धारिलो पानीसँग हार मान्दै फर्किएको हो ।