फाइल तस्बिर
काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–५ रिसामा पहिरो जाँदा पाँचजना बेपत्ता भएका छन् । यस्तै, अन्य दुईजना घाइते भएका छन् । आज बिहान करिब तीन बजेतिर पहिरो जाँदा एउटा घर र एउटा कृषि फर्म पुरिँदा पाँचजना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए ।
घटनाबारे खबर प्राप्त हुनासा बेपत्ताको खोजी तथा घाइतेको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको प्रजिअ दाहालले जानकारी दिए । हालसम्म बेपत्ता भएका र घाइते भएकाको पहिचान खुल्न सकेको छैन ।
गोरखाको धार्चेमा पहिराे : पाँचजना बेपत्ता, दुई घाइते