बेचन र प्रतिक थापालाई पक्राउ गरेका डीआईजी केसीको दुई महिनामै सरुवा

ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् । सो अवधिमा डा. केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरे । साथै शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि पक्राउ गर्न सफल भएका थिए ।

बेचन र प्रतिक थापालाई पक्राउ गरेका डीआईजी केसीको दुई महिनामै सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोका डीआईजी डा. मनोज केसीलाई सरुवा गरिएको छ । डा. केसीलाई ब्यूरोबाट हटाएर राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको हो । ब्यूरो इन्चार्ज भएर उनले २ महिना मात्र काम गरेका छन् । सो अवधिमा डा. केसीले भुटानी शरणार्थी प्रकरणमा फरार प्रतिवादी प्रतिक थापालाई पक्राउ गरे । साथै शरणार्थी प्रकरणमा संलग्न बेचन झालाई पनि पक्राउ गर्न सफल भएका थिए । विशेष ब्यूरोमा डीआईजी राजन अधिकारीलाई पठाइएको छ । अधिकारी प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अफिसर मानिन्छन् । अधिकारी महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।