तीन एसपीको सरुवा

त्यस्तै आचार्यको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ । त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालयका कार्यरत एसपी हरिहरनाथ योगीको प्रधान कार्यालयको जनसम्पर्क शाखामा सरुवा भएको छ ।

तीन एसपीको सरुवा
काठमाडौं । प्रहरी प्रधान कार्यालयले तीन जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। सरुवामा पश्चिम नवलपरासीका प्रमुख पनि फेरिएका छन् । त्यहाँ कार्यरत एसपी काजीकुमार आचार्यलाई हटाएर ज्ञानेन्द्र फुयाललाई पठाइएको छ । यसअघि फुयाल मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए । त्यस्तै आचार्यको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा सरुवा भएको छ । त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालयका कार्यरत एसपी हरिहरनाथ योगीको प्रधान कार्यालयको जनसम्पर्क शाखामा सरुवा भएको छ ।