एमाले कर्णालीका अध्यक्षमाथि यौन शोषणको आरोप

आयोगका उपाध्यक्ष नेत्र पन्थीको संयोजकतत्वमा गठित तीन सदस्यीय समितिले छानबिन अन्तिम चरणमा पुर्‍याएको छ। पन्थी नेतृत्वको समिति जाँचबुझका लागि असार १३ गते सुर्खेत पुगेको थियो। पन्थीसँगै अन्य दुई जना सदस्यहरू पनि थिए।

एमाले कर्णालीका अध्यक्षमाथि यौन शोषणको आरोप
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहमाथि यौन शोषणको आरोप लागेको छ । शाहले आफूलाई यौन शोषण गरेको भन्दै एक महिलाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरी उजुरी दिएकी छन् । महिलाको उजुरीपछि पार्टीको अनुशासन आयोगले छानबिन सुरु गरेको छ । आयोगका उपाध्यक्ष नेत्र पन्थीको संयोजकतत्वमा गठित तीन सदस्यीय समितिले छानबिन अन्तिम चरणमा पुर्‍याएको छ। पन्थी नेतृत्वको समिति जाँचबुझका लागि असार १३ गते सुर्खेत पुगेको थियो। पन्थीसँगै अन्य दुई जना सदस्यहरू पनि थिए। त्यतिबेला एमाले प्रदेश पार्टी कार्यालय वीरेन्द्रनगर सुर्खेतमा घटनाको बारेमा समितिले जानकारी लिएको थियो। समितिले एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल, प्रदेश कमिटी उपाध्यक्ष टेकराज पछाई, सचिव ध्रुवकुमार शाही र प्रदेश कमिटी उससचिव पद्मा खड्कालाई एक्लाएक्लै राखेर सोधपुछ गरेको थियो।