राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति (पूर्णपाठ)

चालू आवमा रेमिट्यान्स वृद्धिदर सामान्य रहने भएकाले सञ्चिति केही कम हुने अपेक्षा गरिएको उनले बताए। चालू आवमा पनि शोधनान्तर स्थिति बचतमै रहने अनुमान रहेको उनको भनाइ छ। ‘पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रमा जाने कर्जा सुधार हुने अपेक्षा गरिएको छ’, उनले भने।

राष्ट्र बैंकले ल्यायो लचिलो मौद्रिक नीति (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ। शुक्रबार बालुवाटारस्थित कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। सरकारको बजेटको कार्यक्रम, १६औँ योजनालगायतका कुरालाई ख्याल गर्दै लचिलो मौद्रिक नीति तय गरिएको अधिकारीले बताए। चालू आवमा रेमिट्यान्स वृद्धिदर सामान्य रहने भएकाले सञ्चिति केही कम हुने अपेक्षा गरिएको उनले बताए। चालू आवमा पनि शोधनान्तर स्थिति बचतमै रहने अनुमान रहेको उनको भनाइ छ। ‘पुँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ। निजी क्षेत्रमा जाने कर्जा सुधार हुने अपेक्षा गरिएको छ’, उनले भने।