विमान दुर्घटनामा घाइते भएका पाइलटको अवस्था कस्तो छ ?

उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याइएको थियो । पाइलट शाक्यको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको बताइएको छ । अहिले उनलाई केएमसीको न्युरो सर्जरी आइसियुमा राखिएको छ ।

विमान दुर्घटनामा घाइते भएका पाइलटको अवस्था कस्तो छ ?
काठमाडौं । सौर्य एयरलाइन्स विमान दुर्घटनामा घाइते पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था खतरामुक्त रहेको छ । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज दुर्घटनामा उनी घाइते भएका थिए । दुई चालक दलका सदस्यसहित जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ । पाइलट शाक्यको भने जीवितै उद्धार भएको थियो । उद्धारपछि उनलाई उपचारका लागि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा ल्याइएको थियो । पाइलट शाक्यको ढाडको हड्डी दुई ठाउँमा भाँचिएको बताइएको छ । अहिले उनलाई केएमसीको न्युरो सर्जरी आइसियुमा राखिएको छ ।