नेपाल प्रहरीका २९ जना सम्पर्कविहीन (सूचीसहित)

नेपाल प्रहरीका २९ कर्मचारी लामो समयदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत जनाएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले बिहीबार ७ दिने सूचना प्रकाशित गरेको हो।

नेपाल प्रहरीका २९ जना सम्पर्कविहीन (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका २९ कर्मचारी लामो समयदेखि सम्पर्कविहीन रहेको प्रहरी प्रधान कार्यालयले बिहीबार एक सूचनामार्फत जनाएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले बिहीबार ७ दिने सूचना प्रकाशित गरेको हो। ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैर हाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला, अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही भइजाने हुँदा प्रहरी नियमावली, २०७१ को अनुसूची १४ को भाग ४ को प्रयोजनार्थ यसै सामूहिक सूचनाद्वारा तपाईंहरूलाई सफाइको मौका प्रदान गरिएको व्यहोरा जानकारी गराइएको छ’, सूचनामा उल्लेख छ ।