प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन

सोही कार्यक्रका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी व्यक्त गरे ।

प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन
काठमाडाैं । प्रभु बैंक लिमिटेडको स्वामित्वमा सञ्चालित प्रभु स्टक मार्केट लिमिटेडको औपचारिक उद्घाटन गरिएको छ । सञ्चालक समितिका अध्यक्ष श्री लिला प्रकाश सिटौलाले बुधबार एक समारोहका बिच कारोबार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । सो कार्यक्रमा शुभकामना मन्तब्य दिँदै उनले प्रभु बैंकको सहायक कम्पनीको रूपमा स्थापित कम्पनीले आगामी दिनमा शेयर कारोवारसँग सम्बन्धित सेवा सहज रूपमा दिने विश्वास व्यक्त गरे । उनले व्यावसायिक सेवा प्रदान गर्दै पूँजी परिचालन तथा नेपालको पूँजी बजारको विकास आफ्नो तर्पmबाट केही योगदान गर्ने कार्य प्रभावकारी रूपमा प्रभु स्टक मार्केट लिमिटेडले सफलता पाउन सकोस् भनी शुभकामना समेत व्यक्त गरे । सोही कार्यक्रका विशेष अतिथि प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत श्री अशोक शेरचनले प्रभु बैकको सहायक कम्पनीको रूपमा अर्को एउटा संस्था स्थापित भएकाले खुसी व्यक्त गरे ।