नेपालमा १०८ हवाई दुर्घटनामा ९५९ जनाले ज्यान गुमाए

त्यसैगरी हेलिकोप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ भने सिङ्गल इन्जिन विमान आठ वटा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। ‘फिक्स विङ्ग’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

नेपालमा १०८ हवाई दुर्घटनामा ९५९ जनाले ज्यान गुमाए
काठमाडौं । नेपालमा अहिलेसम्म भएका एक सय आठ हवाई दुर्घटनामा नौ सय ५९ जनाको मृत्यु भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालको हवाई उडानको इतिहासमा हालसमम सबै प्रकारका वायुयानगरी एक सय आठवटा दुर्घटना भएका छन्। ती दुर्घटनामा परी नौ सय ५९ जनाको मृत्युभएको छ। दुर्घटनामध्ये विदेशी दर्ता विमान १० दुर्घटनमा तीन सय ७९ जनाको मृत्यु भएको छ। त्यसैगरी हेलिकोप्टरतर्फ ३९ दुर्घटनामा ९२ जनाको मृत्यु भएको छ भने सिङ्गल इन्जिन विमान आठ वटा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। ‘फिक्स विङ्ग’ विमान ५० वटा दुर्घटना हुँदा चार सय ५१ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।