बागमतीको मुख्यमन्त्रीमा शालिकराम पक्का !

एमालेका एक शीर्ष नेताका अनुसार बागमती प्रदेशको मुख्यमन्त्री माओवादी बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेललाई अघि सार्ने सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ। केन्द्रमा सत्ता गठबन्धनमा रहेका ७ राजनीतिक दलहरुमध्ये बागमतीमा तीन दलहरुको नेतृत्व छ।

बागमतीको मुख्यमन्त्रीमा शालिकराम पक्का !
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल हुने पक्का भएको छ । आज भएको गठबन्धनकाै बैठकले जम्मकट्टेललाई मुख्यमन्त्रीकाे लागि अघि सार्ने निर्णय गरेकाे हाे ।  बागमती प्रदेशमा  नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको हो । एमालेका एक शीर्ष नेताका अनुसार बागमती प्रदेशको मुख्यमन्त्री माओवादी बागमती संसदीय दलका नेता शालिकराम जम्मकट्टेललाई अघि सार्ने सत्ता गठबन्धनको बैठकले निर्णय गरेको छ। केन्द्रमा सत्ता गठबन्धनमा रहेका ७ राजनीतिक दलहरुमध्ये बागमतीमा तीन दलहरुको नेतृत्व छ। दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बागमतीमा एमाले र माओवादीले आलोपालो गर्ने सहमति अनुसार जम्मकट्टेल प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री बन्ने लगभग पक्का भएको स्रोतको दाबी छ।