नेपालमा भन्दा भारतमा सुनको मूल्य प्रतितोला १८ हजार रुपैयाँ सस्तो

भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ ।

नेपालमा भन्दा भारतमा सुनको मूल्य प्रतितोला १८ हजार रुपैयाँ सस्तो
काठमाडौं । छिमेकी मुलुक भारतमा सुनमा लगाउँदै आएको भन्सार शुल्क घट्दा नेपालमा चोरी तस्करी बढ्ने देखिएको छ । भारत सरकारले मङ्गलबार सार्वजनिक गरेको बजेटमार्फत सुनचाँदी तथा प्लाटिनम, ओस्मिअम, इरिडिअमलगायत अन्य धातुमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर छ प्रतिशतमा झारेको छ । बजेटमार्फत भन्सार शुल्क घटाएसँगै भारतमा प्रति १० ग्राम सुनको मूल्य छ हजार नौ सय र तोलामा ११ हजार रुपैयाँ सस्तो भएको छ । मङ्गलबार भारतीय बजारमा प्रतितोला सुनको मूल्य एक लाख २९ हजार रुपैयाँ रहेकोमा नेपालमा भने प्रतितोलामा एक लाख ४७ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । भारतको तुलनामा नेपालमा सुनको मूल्य प्रतितोलामा १८ हजार रुपैयाँ महँगो छ ।