दुर्घटनाग्रस्त सौर्य एयरको जहाज २२ वर्ष पुरानो

सौर्य एयरलाइन्ससँग यही मोडेलका दुई वटा जहाज थिए । दुर्घटनासँगै अब एयरलाइन्ससँग उस्तै प्रकारको एउटा जहाज बचेको छ । जहाजहरू बारे जानकारी दिने प्लेनस्पटर्स डट नेटका अनुसार निर्माणपछि उक्त जहाज अमेरिकाको एट्लान्टिक कोस्ट एअरलाइन्सले सञ्चालन गरेको थियो ।

दुर्घटनाग्रस्त सौर्य एयरको जहाज २२ वर्ष पुरानो
काठमाडौं । इन्जिनको पूर्ण मर्मतका लागि पोखरा जाने क्रममा सौर्य एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । बुधबार बिहान दुर्घटनामा परेको ९एन एएमई कलसाइनको जहाज २२ वर्ष पहिला क्यानडामा बनेको थियो । यसको इन्जिनको उडान घण्टा सकिएपछि पूर्ण मर्मतका लागि पोखरा जाने क्रममा दुर्घटनामा परेको हो । जहाजलाई पाइलट मनीषरत्न शाक्य र सुशान्त कटुवालले उडाएका थिए । शाक्यको जिवितै उद्धार गरिएको छ । दुर्घटना भएको जहाजलाई क्यानडाको बम्बार्डियर सीआरजे कम्पनीले बनाएको हो । सन् २००२ मा बनेको उक्त जहाजलाई सौर्य एयरलाइन्सले १४ मार्च २०१७ मा नेपाल ल्याएको हो । बुधवार दुर्घटनामा परेको जहाजले ५० यात्रु बोक्न सक्ने क्षमता राख्थ्यो भने अधिकतम उडान भार ५ हजार ९ सय ४२ केजी थियो । कम्पनीले एटीआरजस्ता अन्य जहाज भन्दा धेरै सुरक्षित रहेको दाबी गरेको उक्त जहाज ८६० किलोमिटर प्रतिघण्टा सम्म उड्न सक्थ्यो । सौर्य एयरलाइन्ससँग यही मोडेलका दुई वटा जहाज थिए । दुर्घटनासँगै अब एयरलाइन्ससँग उस्तै प्रकारको एउटा जहाज बचेको छ । जहाजहरू बारे जानकारी दिने प्लेनस्पटर्स डट नेटका अनुसार निर्माणपछि उक्त जहाज अमेरिकाको एट्लान्टिक कोस्ट एअरलाइन्सले सञ्चालन गरेको थियो । त्यसपछि अमेरिकाकै अमेरिकाकै इन्डिपेन्डेन्स एअरलाइन्सलाई उक्त जहाज बेचियो । अनि त्यसको तीन वर्षपछि यो जहाजले नाइजेरियाको एरिक एअरलाइन्समार्फत उडान गरेको थियो । २००८ देखि २०१६ सम्म दक्षिण अफ्रिकाको साउथ अफ्रिकन एक्स्प्रेस एअरवेजमा उडान गरेको उक्त जहाजलाई २०१७ मा सौर्य एयरलाइन्सले नेपाल भित्र्याएको थियो ।