सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा परे

क्याप्टेन शाक्यको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ। अन्य ४ जनाको मृत्यु भइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारी अनुसार दुर्घटनामा १८ जनाको ज्यान गएको छ ।

सौर्य एयरलाइन्सका ५ जना व्यवस्थापक नै दुर्घटनामा परे
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा सवार १९ मध्ये पाँच जना सौर्यकै व्यवस्थापन टीमका सदस्य रहेको पाइएको छ। दुर्घटनामा परेको विमानका क्याप्टेन मनीषरत्न शाक्य एयरलाइन्सका अपरेशन प्रमुख समेत हुन्। त्यस्तै, चीफ अफ सेफ्टी सागर आचार्य, सीएएमओ मेनेजर अश्विनकुमार निरौला, मेनेजर मेन्टेन्स यज्ञप्रसाद पौड्याल र चीफ अफ क्युए दिलीप बर्मा रहेको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए। क्याप्टेन शाक्यको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको छ। अन्य ४ जनाको मृत्यु भइसकेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारी अनुसार दुर्घटनामा १८ जनाको  ज्यान गएको छ ।